Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या,सहयोगका लागि अपिल

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या,सहयोगका लागि अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:५०:०६ बजे
  • 1.0K
    SHARES
  • रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या,सहयोगका लागि अपिल

     म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । 

    images

    काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष २० गते अस्पताल भर्ना भएका निश्चलको उपचारमा हालसम्म रु. छ लाख भन्दा बढी खर्च भइसकेको आमा चन्द्रकुमारी बिकले बताउनुभयो । 

    “बोनम्यारो प्रत्यारोपण गर्दा आइसियुमा राख्नु प¥यो भने रु. २५ लाख देखि रु. ३० लाख र आइसीयुमा राख्न नपरे रु. २० देखि २५ लाख आवश्यक पर्ने डाक्टरले भन्नुभएको छ,” उहाँले भन्नुभयो “आफूसँग भएको, बिदेशबाट श्रीमानले पठाएको र आफन्तबाट ऋण गरेर रु. छ लाख खर्च गरिसके ।”

    थप उपचार र बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेर बिक परिवार समस्यामा परेका छन् । निश्चलका बुवा मदन रोजगारीको लागि कुबेतमा हुनुहुन्छ । बिक परिवार गाउँमा खेतीकिसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका थिए । 

    निश्चलको उपचारका लागि आर्थिक सहयोग जुटाउन रुमका उदयकुमार बुढाथोकी संयोजक र भुपेन्द्र नेपाली सहसंयोजक रहेको “निश्चल बचाउ अभियान” शुरु भएको छ । स्वदेश तथा बिदेशमा रहेका म्याग्देली, नेपाली र सहयोगी मनहरुलाई अपिल गरेका छन् । 

    निश्चलकी आमा चन्द्रकुमारी बिकको नाममा मेघा बैंकमा १४२००५००१५४७९ नम्बरको खाता खोलिएको छ । सहयोगका लागि सम्पर्क न. ९८६०७१५१८६, ९८६०७१५१८६, ९८४६७७८८३३ । 

  • सम्बन्धित विषय:

  • # रक्तक्यान्सर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology