Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

आज टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:५९:३० बजे
  • 1.6K
    SHARES
  • आज टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

    आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ ।

    नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो । उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ ।

    यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो ।

    ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ ।

    त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल र ओमान भिड्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology