Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सम्पत्ति र यौनको लागी मानिसको जीवन बिनास नै किन ? (भिडियो सहित)

सम्पत्ति र यौनको लागी मानिसको जीवन बिनास नै किन ? (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १३:४५:१८ बजे
  • 3.7K
    SHARES
  • सम्पत्ति र यौनको लागी मानिसको जीवन बिनास नै किन ? (भिडियो सहित)

    कमल भण्डारी   

    images

    धर्तिमा सबै भन्दा विवेकशील र चेतनशील प्राणी भनेको नै मानिस हो । मानव मात्रै त्यसतो संवेदनशील र उत्कृष्ट भएर जन्म लिन पाएकोमा गर्व गरी जीवनयापन गर्नुपर्ने हो तर बिडम्वना भन्नुपर्छ मानव भएर दानिवय व्यवाहार प्रस्तुत गरिरहेका छन ।  हिजो आज घटना र दृस्य देख्दा जंगलको चितुवा भन्दा पनि कुर भएर प्रस्तुत भएको देखिन्छ । बरू चितुवाले आफ्नो भोजन पूरा गरीसकेपछि उक्त आहारालाइ छोडर जान्छ तर चेतनाको नाममा जन्म लिएका दुइखुटे जनवारहरूले छोडने होइन अन्त्य गर्नुपर्छ भनि गाडने अस्त्र प्रयोग गरेको देखिन्छ । 


    हाम्रो समाज अहिले कता र कुन दिशा तिर मोडिदै छ ? रहस्मय छ! किनभने अहिले हामी भित्र भएको एकता दया माया सदभाव भन्ने सबै बिषय विलय भएको देखिन्छ । अहिलेको परिदृस्य देख्दा र हेर्दा त लाग्छ हाम्रो रितिरिवाज चालचलन संस्कार संस्कृति सबै विलय भएको देखिन्छ । अहिले हामी भित्र कुण्ठा लोभ लालचा छलकपटले मात्रै हामी सबैको दिमागमा भरिपूर्ण भएको देखिन्छ । तत्कालीन अवस्थाको अनुगमन र मूल्यांकन गर्दा मानव हुन भनेर कहि पनि सम्बोधन गर्ने अवस्था देखिदैन! मानिसले निजि स्वार्थ पूरा गर्नको लागी मानिसको नै शिकार गर्दैछन । 

    प्रसार रघुगंगा वडा नम्बर दुइ तिर जाउ यो घटनाको सूचक कसरी बिश्लेषण र व्याख्या गर्ने अलि कठोर र निमर्म भएर नै प्रस्तुत गर्नुपर्ने देखिन्छ । जुन विषय  सतहमा आएर सार्वजानिक भएका छन । यो गोलमाल भित्रको होल होकि योजना सहितको गोलमाल हो ! बुझ्न असाध्यै कठिन छ । प्रवासमा लामो समय मजदुरी गरी स्वदेश फिर्ता जादा आफुले लिएको अन्तिम ज्याला पनि श्रीमतिको नाममा रेमिटेन्स गरिसकेको तर जव एयरपोर्ट पुगेपछि श्रीमतिले मेरो यात्रा आजबाट अलग भयो तिमी तिम्रो यात्रा तय गर्नु भनेर जुन शब्द श्रीमानलाई श्रीमतिबाट प्रकट भएको देखिन्छ उहि पिडितले कपुरबोट युट्युबरमा सार्वजानकि गरेका छन । तर पछि भागेको श्रीमति कसरी श्रीमानको आश्रय लिन पुगिन यो बिषय अलि गहन र कठीन देखिन्छ । 

    श्रीमानको कमाइमा रमाई गर्ने जव श्रीमतिको कर्तुत बाहिर प्रर्दाफास हुन्छ तव मलाइ ललाई फकाई जालमा परेर मेरो जीवन बर्बाद बनायो भिनाजु भन्ने छिमेकीले भन्दै अन्तरर्वातमा प्रस्तुत भएको देखियो यो कस्तो लिला हो कि मानिसलाई छलकपट गर्ने बिला हो ! एक पटक गहिरो मन्थन र मिहिन अध्यन र बिश्लेषण गराै । 

    मेरो आठ लाख पनि उडायो र मेरो जवानि पनि लुटियो भनेर जुन शब्द प्रकट भएका छन यो असाध्यै निच र घिन लाग्दा शब्द प्रकट भएका छन । बीस बर्षको छोरा भएको आमा त्यहि माथि तिनवटा बच्चा छन रोजगारीको लागी श्रीमान अरवको पचास डिग्रि भन्दा उदेक लाग्दो मरूभुमिमा आर्जन गरेको सम्पतिमा रजाई गरी यस्तो कुकर्म गर्ने महिला पनि हाम्रो समाजमा जिवीत रहेछन धन्य छ भगवान!! यस्ता मानिसलाई पनि जन्म दिएर बच्चा र लोग्नेलाई न दाम न नाम त्यहि माथि बदानाम बनायो! 

                                                          पुरै घटनाको भिडियो हेर्नू होला ।

    कपुरबोट युट्युबरमा जुन अन्तरर्वाता सार्वजानिक भयो एउटा उदेक लाग्दो शब्द के चाहि देखियो भने मेरो जीवन ववार्द बनायो मलाइ क्षतिपूति दिनुपर्छ भन्ने माग छ!! यो कस्तो योजना हो कि नियोजित फसाउने कुकर्म हो । संसारमा मान सम्मान इज्ज्त भन्दा ठुलो सम्पति हुन सक्दैन त्यसकारण कर्म मन बचन प्रति पनि हेक्का राखी प्रस्तुति दिने कार्य गराै । 

    माथि उल्लेखित विषय त भए श्रीमान र श्रीमति बिच भएको रहस्यमय योजना भन्ने कि समान्य दुर्घटना! यहि सेरोफेरोमा अर्को दुखद लाग्दो घटना जोडेर बाहिर प्रस्तुत भयो । यो कस्तो किसिमको योजना हो मेरो जीवनमा अहिले सम्म कल्पना गर्न नसकेको विषय सतहमा आएको छ । 

    योजना सहित भाैतिक आक्रमण गरी एक छिमेकीले अर्को छिमेकीलाइ प्राण लिने जुन हर्कत देखियो अव यस्ता दुइ खुटे जनवारलाई समाजबाट बहिष्कार गर्ने कि स्थानीय राजनितिक नेतृत्वले संरक्षण र ओत दिने राजनितिक नेतृत्वको भूमिका भनेको स्वच्छ समाज रूपान्तरण गर्ने हो कि? अपराधलाइ ढाकछोप गर्ने हो । स्थानीय राजनिति कर्मीलाइ हामी सबैको अनुरोध एउटा आफ्नो छिमेकीलाइ हत्या गर्ने चितुवाले भोलि तिमीलाई पनि सिध्याउने छ भन्ने हेक्का रहोस अपराधीले कहिले पनि मेरो र तेरो भनेर हत्या गर्दैनन् । 

    अहिले जसरी अस्पतालको  शैयामा उपचारार्थ हुनुहुन्छ यदि उहाको कर्म गलत थियो भने !  धेरै कानुनी पाटाहरू थिए कानुन नियम संविधान भन्दा माथि कोहि पनि छैन हुन पनि सक्दैन । हेक्का रहोस रगतलाई सफा गर्न रगत होइन पानीको आवश्यकता पर्छ । 

    अहिले जुन व्यक्ति अस्पतालको शय्यामा हुनुहुन्छ यो दृस्य र घटना देख्दा प्राण लिने नियोजित तरीकाले कुटपिट गरेको देखिन्छ किनभने साविक वडा नम्बर आठ बाट वडा नम्बर नाै सबै भन्दा दुर्गम ठाउँमा प्राण त्याग गरीसकेको छ भनि फालेको देखिन्छ यस्लाई के भन्ने समान्य घटना कि ? नाक आँखा टाउको शरिरका सबै अंग चल्न नसकने गरी कुटपिट गरिएको छ । शीघ्र स्वास्थ्य लाभको कामना सहित छिटै जिल्ला प्रशासन कार्यलयमा किटानी जाहेरी दिन सक्ने आट मिलोस हामी सबैको भगवान प्रति यहि अपेक्षा छ । 

    कुटपिटबाट घाइते

    33.jpg

    अव हामीले कसरी समिक्षा गर्ने एकपटक हामी सबैले गहन भएर मन्थन र बहस गर्ने बेला भएको छ । सम्पति र यौनका लागी हाम्रो समाज किन मांसाहारी अभियानमा सरिक भएका छन । घटना आजको मात्रै होइन मेरो नजरमा जानकारी भएका दुइवटा पूर्व मांसाहारी अभियान पनि कुर र अपराधी थिए । 

    दाजुभाइ बिच जुन सम्पतिको बिबाद थियो अन्त्यमा त्यहि सामान्य बिषयबाट आज दाजुलाइ भाइले खुकरीले खशी काटे जस्तो गरी निर्मम भएर दाजुको प्राण लिनु भयो अहिले छोराछोरीलाई बाबु गुमाएको जुन पिडा बोध छ जीवनमा कहिल्य पनि न भुल्न सक्छन न अपराधीलाइ सजाय दिन सक्छन ।  प्रेम बहादुर भण्डारीले अल्पकालमा ज्यान गुमाउनु भयो भने छोराछोरीले बुवा र श्रीमतिले श्रीमान गुमाउनु भयो जुन अपराधमा भुमिराज भण्डारी सरकि हुनुभयो न उँहाको जीत भयो न निजि जीवनमा केहि सार्थक भयो । 

    यहि सेरोफेरोमा अर्को घटना पनि कुर भएर प्रस्तुत भएको थियो जुन कुकर्म सृजित भएको थियो सम्पतिको लागी पचहत्तर बर्षको हजुर आमाको प्राण लिने अपराधमा सरिक भयो राजराम भण्डारी आज ति आमा गुमाउने अबोध छोराबुहारी नातिहरू हजुर आमाको अल्पकालमा जस्ले प्राण लियो आज त्यसको पिडा कसरी भोगिरहेका छन ? 

    त्यसकारण माथि उल्लेखित घटनाहरूबाट हामी सबै सचेत हुनुपर्ने देखिन्छ सम्पति र यौनका लागी मानिस जे गर्न पछि हट्टदैन भन्ने देखिन्छ त्यसकारण अहिले स्थानीय नेतृत्व त्यो समाज भित्र भएका तमाम दाजुभाई तथा दिदि बहिनिहरू यो घटनालाइ पक्षपोषण होइन अपराधीलाइ संजाय दिने कार्यमा सरिक बनाै स्वच्छ र शान्त समाज निमार्ण हामी सबैको दाइत्व हो भन्ने बोध गराै । 

    मेरो व्यक्तिगत रूपमा पनि विन्रम अनुरोध प्रकट गर्दछु रघुगंगा भुगोल भित्र बस्नु भएका अथवा साविक भगवति गाविस वडा नम्बर आठ र नाै भित्र बस्नुहुने तमाम दाजुभाइ तथा दिदिबिहनिहरू शिक्षक कर्मचारी बिभिन्न व्यवसायमा आवद हुनु भएका पेशा कर्मी मित्रहरू बुद्धिजीवी तथा लेखक संचारकर्मी राजनितिक दलमा आवद हुन भएका सम्पूर्ण साथीहरूलाई यो बिषयमा गहन समिक्षा र बिश्लेषण गरी दोषिलाइ हदै सम्मको दण्ड दिने कार्यमा एकताको दियो जलोस शुभकामना भावि दिनमा यस्तो कुर घटना कुनैपनि नागरिकले देख्न र भोग्न नपरोस सम्पूर्णलाइ शुभकामना ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology