Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी-२० सिरिजमा ओमानविरुद्ध नेपाल विजयी

टी-२० सिरिजमा ओमानविरुद्ध नेपाल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १९:३४:४९ बजे
  • 1.5K
    SHARES
  • टी-२० सिरिजमा ओमानविरुद्ध नेपाल विजयी

    नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

    images

    ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको हो । नेपालले चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा घरेलु टिमलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

    पछिल्लो समय एसोसिएट सदस्यमध्ये सबैभन्दा शसक्त देखिएको ओमानलाई हराउन नेपालले कसिलो बलिङ गर्‍यो भने दिपेन्द्र ऐरीले शानदार ब्याटिङ गरे ।

    उनले ५३ बलमा १ छक्का र ८ चौकासहित ७३ रन बनाए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रले दोस्रो अर्धसतक बनाएका हुन् । उनलाई साथ दिँदै आरिफ शेखले २५ रन बनाए ।

    यी दुईबीच चौथो विकेटका लागि ४५ रनको साझेदारी भएको छ । अन्तिम ओभरमा ९ रन आवश्यक थियो, नेपाललाई । दिपेन्द्रले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेका थिए ।

    घरेलु टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । उनले १८ औँ ओभरमा थप दुई विकेट लिएका थिए। उनले चार ओभरमा २६ रन खर्चिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology