Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल एयरलाइन्सलाई हङकङमा फेरि प्रतिबन्ध

नेपाल एयरलाइन्सलाई हङकङमा फेरि प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १९:५७:०१ बजे
  • 1.1K
    SHARES
  • नेपाल एयरलाइन्सलाई हङकङमा फेरि प्रतिबन्ध

    नेपाल एयरलाइन्स (एनएसी) सहित आठ देशमाथि हङकङले फेरि हवाई प्रतिबन्ध घोषणा गरेको छ ।

    images

    पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने त्यहाँको हवाइ उड्ययन नियामकले जनाएको छ ।

    नेपालबाट भएको उडानमा कोरोना संक्रमित भएपछि एनएसीले पटकपटक हङकङमा उडान प्रतिबन्ध भोग्ने गरेको छ ।

    अमेरिका, बेलायत, नेपाल, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्समाथि हङकङले हवाई प्रतिबन्ध लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

    प्रतिबन्ध लागेसँगै फागुन २० गतेसम्म यी देशका हवाई सेवाप्रदायक कम्पनीले हङकङमा उडान भर्न पाउने छैनन् ।

    कोरोना महामारी नियन्त्रणका लागि भन्दै उडान प्रतिबन्ध लगाइएको हङकङले जनाएको छ ।

    हाल त्यहाँको सरकारले ९० प्रतिशत उडान रद्द गरेको छ । बाँकी १० प्रतिशत उडान पनि अत्यावश्यक कामका लागि मात्रै भर्न दिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल एयरलाइन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology