Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तामाकोसी हिमतालः विस्फोटको खतरा आधा घट्यो

तामाकोसी हिमतालः विस्फोटको खतरा आधा घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • ०८:५५:४३ बजे
  • 949
    SHARES
  • तामाकोसी हिमतालः विस्फोटको खतरा आधा घट्यो

    दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ ।

    images

    रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तरक्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्जिनियर विमल गुरुङले बताए ।

    उनका अनुसार विज्ञ रेनोल्डस्ले गत सन् २००४ मा गरेको अध्ययनले माथिल्लो तामाकोसीको बाँध÷जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफ रहेकोमा अहिले घटेर दुई हजार २५० घनमिटर प्रतिसेकेन्ड भएको हो ।

    बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको असर कम हुने देखिएको छ । सन् २००४ मा प्रा.डा. रेनोल्डस्ले गरेको अध्ययनमा देखाइएको च्छोरोल्पा तालको छ हजार पाँच सय घनमिटर प्रति सेकेन्डको सम्भावित जीएलओएफकै आधारमा आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उनले स्पष्ट पारे ।

    आयोजनाको बाँध पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफलाई थेग्ने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # तामाकोसी हिमताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology