Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यूएईविरुद्ध दोस्रो जितको खोजीमा नेपाल

यूएईविरुद्ध दोस्रो जितको खोजीमा नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • ११:३९:४४ बजे
  • 1.8K
    SHARES
  • यूएईविरुद्ध दोस्रो जितको खोजीमा नेपाल

    चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा आज शनिबार नेपालले सयुक्त अरब इमिरेट्स (युएइ) विरुद्ध मैदान उत्रदै छ ।

    images

    शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई पराजित गरेको नेपाल युएइविरुद्ध मैदान उत्रदा आफ्नो जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुने छ ।

    ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । शृंखलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालको जितमा ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले अविजित ७३ रन बनाउँदा बलिङमा अविनाश बोहराले तीन विकेट लिएका थिए । ओमानविरुद्धको ७३ रन दीपेन्द्रले टी–२० क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो ।

    आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, युएइ र आयरल्यान्ड चारदेशीय शृंखलामा सहभागी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology