Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलित आयोगले एक वर्षमा गरेका कार्य

दलित आयोगले एक वर्षमा गरेका कार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • १४:४५:३० बजे
  • 1.3K
    SHARES
  • दलित आयोगले एक वर्षमा गरेका कार्य

    राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् ।

    images

    समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ । आयोग गठन भएको एक वर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् ।

    शनिबार गाइघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक वर्ष पूरा भइरहँदा आयोगका काम, कार्यविधिहरूलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।

    आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडि बढाएको उल्लेख छ ।

    आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कारबाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रियस्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनका लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामूलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ ।

    नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए ।

    पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगि राख्नुपर्ने अवस्था नआउने उनले जनाए ।

  • सम्बन्धित विषय:

  • # दलित आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology