Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल युएईसँग २५ रनले पराजित

नेपाल युएईसँग २५ रनले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • १६:१५:०६ बजे
  • 1.1K
    SHARES
  • नेपाल युएईसँग २५ रनले पराजित

    चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा संयुक्त अरब एमिरेट्स (यूएई) सँग नेपाल २५ रनले पराजित भएको छ ।

    images

    युएईसँग १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सफल भएको थियो ।

    सुरुवात युएईले मध्यम खेल प्रदर्शन गरेपनि पछि चिराग सुरी र रोहन मुस्तफाको साझेदारीले नेपाललाई बलियो लक्ष्य दिन सफल भएको थियो ।

    २३ रनमा यूएईले पहिलो विकेट गुमाएको थियो । ओपनर मोहम्मद वासिमलाई साहब आलमले दिपेन्द्रसिंह ऐरीको हातबाट २२ रनमा आउट गराउन सफल भएका थिए ।

    उनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए ।

    ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे । आरिफ शेख ११ रनमा आउट भए । लोकेशले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए ।

    उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहन सफल भए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology