Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • १९:५८:५७ बजे
  • 1.1K
    SHARES
  • थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

    images

    पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्।

    जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।

    यस्तै काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology