Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १२:१०:१२ बजे
  • 847
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    चितवनको राप्ती नगरपालीका–६ हर्दी चोकमा शनिबार बेलुकी दुई ओटा मोटरसाइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    images

    टाँडीबाट भण्डारातर्फ जाँदै गरेको ना६०प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना ९ प ९६६२ नम्बरको मोटरसाइकल शनिबार बेलुकी ७ बजे ठोकिएका थिए ।

    घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो । उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालीका–७ का ४५ वर्षीय कमल चौधरीको शनिबार राति ९ बजे मृत्यु भएको हो ।

    अर्का मोटरसाइकल चालक राप्ती नगरपालीका–६ का २९ वर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

    भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology