Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना महामारी

२४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

२४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १६:४६:०४ बजे
  • 1.4K
    SHARES
  • २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा आठ जनाको मृत्यु भएको जनाएको छ ।

    images
    मन्त्रालयकाअनुसार रुपन्देहीका ६७ वर्षीय महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, महोत्तरीका ६५ वर्षीय पुरुषको पनि ज्यान गएको छ ।

    यता पर्साका ६० वर्षीय महिला र काठमाडौका ४८ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । यससँगै कोरोनाबाट कुल १ सय ५७ जनाको ज्यान गएको छ ।

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका ७ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology