Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे प्रेम सम्बन्ध बलियो बनाउने दिन

आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे प्रेम सम्बन्ध बलियो बनाउने दिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ०८:२९:०७ बजे
  • 2.0K
    SHARES
  • आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे  प्रेम सम्बन्ध बलियो बनाउने दिन

    आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेमिल मनहरुका लागि आजको दिन निकै महत्त्वपूर्ण मानिन्छ । पश्चिमी संस्कृतिमा आधारित भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस युवापुस्ताहरु माझ लोकप्रिय छ ।

    images

    रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि बढ्दै गैरहेको छ । प्रेमी रप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरी अर्थात आजको दिनलाई नै पर्खिइरहेका हुन्छन् ।

    यो पर्वलाई नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहित जोडीहरुले पनि प्रेम सम्बन्ध अझै प्रगाढ बनाउने दिनका रुपमा मनाउन थालेको पाइन्छ ।

    खासगरी नवविवाहित बर बधुले प्रणय दिवस विशेष रुपमा मनाउँछन । विभिन्न सामाजिक सञ्जाल लगायत अत्याधुनिक प्रविधिका कारण भ्यालेन्टाइन डे मनाउने क्रमले एक दशकयता नेपालमा पनि प्राथमिकता पाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गर्ने ।

    टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डेको शुभकामना दिने क्रम नेपालमा पनि बढ्दो छ । प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला उपहार पसलहरुमा प्रेमीहरू भरिभराउ देखिन्छन् । भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो ।

    नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका एक पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।

    झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

    प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

  • सम्बन्धित विषय:

  • # भ्यालेन्टाइन डे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology