Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरोप-अमेरिका मोहमा ठगिँदै युवा

युरोप-अमेरिका मोहमा ठगिँदै युवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ०८:४२:१५ बजे
  • 1.6K
    SHARES
  • युरोप-अमेरिका मोहमा ठगिँदै युवा

    काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ।

    images

    एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो। त्यसपछि उनको अवस्था झनै कष्टकर बनेको छ।

    दुई वर्षअघिसम्म औसत नेपालीको स्तरअनुसार चल्दै आएको उनको जीवनचर्या पति अशोकले वैदेशिक रोजगारीमा जाने निर्णय गरेपछि बिथोलिएको छ

    । दस जोड दुईसम्मको अध्ययन गरेका उनका पति अशोक दलालको प्रलोभनमा पर्दा यतिखेर पुरै परिवार तनावमा छ। बेलायतमा रोजगारी दिलाइदिने प्रलोभनमा दलालले खाइदिएको २० लाख रुपैयाँ कसरी उठाउने भन्ने समस्यामा उनीहरू छन्।

    ‘दलालले खाइदिएको २० लाख रुपैयाँ उठाउने आशाले कहिले प्रहरी, कहिले वैदेशिक रोजगार विभाग अनि कहिले पत्रकारलाई भेट्ने गरेका छौं,’ तिम्सिनाले नागरिकसँग भनिन्, ‘तर डुबेको रकम उठ्ला जस्तो छैन।’

    वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीका नाममा कसैले ठगी गरे पीडितले बिगोको डेढ गुनासम्म क्षतिपूर्ति पाउने व्यवस्था छ।

    सरसर्ती हेर्दा अशोकको घटनामा पनि २० लाख रूपैयाँ लिएर बेलायत पठाउन नसक्ने दलालसँग ३० लाख रुपैयाँ असुल हुनुपर्ने हो। तर दलालले निकै चलाखीपूर्ण तरिकाले रकम असुल गरेकाले पीडितलाई डुबेको रकम असुल गर्न समस्या भएको छ। यो खबर नागरिक दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology