Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीको चिमखोलामा प्रहरी पोष्ट स्थापना 

म्याग्दीको चिमखोलामा प्रहरी पोष्ट स्थापना 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १३:२४:१४ बजे
  • 952
    SHARES
  • म्याग्दीको चिमखोलामा प्रहरी पोष्ट स्थापना 

    म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङमा शनिबार प्रहरी पोष्ट स्थापना भएको छ । 

    images

    रघुगंगा गाउँपालिकाको वडा नम्बर ७ चिमखोला र ८ कुइनेमंगले तथा त्यस क्षेत्रमा निर्माणाधिन जलबिद्युत आयोजनाको सुरक्षाका लागि प्रहरी पोष्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    Chimkhola pulish post (1).jpg

    पोष्टको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । हवल्दारको नेतृत्वमा पाँच जना प्रहरी रहनेगरी स्थापना गरिएको पोष्टलाई स्थायी रुपान्तरण र चौकीमा स्नरोन्नति गरिने प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो । 

    शान्ति सुरक्षाका लागि स्थानीयबासी, गाउँपालिका र जलबिद्युत आयोजनाहरुबाट भएको माग अनुसार प्रहरी पोष्ट स्थापना गरेको उहाँले बताउनुभयो । प्रहरी पोष्ट स्थापनाका लागि ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत आयोजनाको प्रर्वद्धक तुदी पावर कम्पनीले तीन कोठे भवन उपलब्ध गराएको छ । 

    Chimkhola pulish post (3).jpg

    कम्पनीका प्रतिनिधी उपेन्द्र गौतमले प्रहरी पोष्ट स्थापनाका लागि तत्कालका लागि भवन र पक्कि भवन बनाउन तीन रोपनी जग्गा उपलब्ध गराएको बताउनुभयो । यसअघि चिमखोला र कुइनेमंगलेमा छिमेकी वडा पाखापानीमा रहेको प्रहरी चौकीका सुरक्षाकर्मी पुग्नुपर्दथ्यो । 

    भौगोलिक बिकटता, यातायातको असुबिधाका कारण पाखापानीबाट चिमखोला र कुइनेमंगलेमो सुरक्षाकर्मी पुग्न पुरै दिन लाग्ने समस्या थियो । आवश्यकता र माग अनुसार सुरक्षा ब्यवस्थाका लागि चिमखोलामा प्रहरी पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले बताउनुभयो । 

    Chimkhola pulish post (4).jpg

    जिल्ला न्यायाधिश तेजनारायण पौडेलले लगानीसँगै स्वभाविकरुपमा बिकास भित्र्ने भएकाले प्रर्वद्धकहरुले क्षति न्युनीकरण र स्थानीयको आवश्यकता सम्बोधन तथा स्थानीयले सहयोगी भूमिका निर्बाह गर्र्नुपर्ने बताउनुभयो । 

    रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको निर्णय र माग अनुसार तिप्ल्याङ र चिमखोलामा प्रहरी पोष्ट स्थापना भएको तथा मौवाफाँटमा प्रहरी चौकी स्थापना गर्न भवन निर्माण भएको बताउनुभयो । 

    चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुन र सदस्य बुद्धीमाया पहरे पुनले जलबिद्युत आयोजना भित्रिएसँगै थपिएको सुरक्षा चुनौति ब्यवस्थापनका लागि प्रहरी चौकी आवश्यकता परेको बताउनुभयो । 

     

  • सम्बन्धित विषय:

  • # म्याग्दीको चिमखोला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology