Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

करिब ३७ किलो गाँजासहित दुई जना पक्राउ

करिब ३७ किलो गाँजासहित दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १३:५९:३२ बजे
  • 1.8K
    SHARES
  • करिब ३७ किलो गाँजासहित दुई जना पक्राउ

    सिन्धुलीको कमलामाई नगरपालिका–४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागुऔषध गाँजासहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१ ओख्ले बस्ने ४२ वर्षीय कालुबहादुर ब्लोन र १९ वर्षीय कृष्णबहादुर ब्लोन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    साथै सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका–७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागुऔषध गाँजा सहित गएराति पक्राउ गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology