Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सवारी दुर्घटनामा एक महिलाको मृत्यु

सवारी दुर्घटनामा एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • २१:०१:०५ बजे
  • 1.4K
    SHARES
  • सवारी दुर्घटनामा एक महिलाको मृत्यु

    मुग्लिन–नारायणगढ सडकखण्डमा आज ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका १८ भुवनबस्तीकी ३१ वर्षीया अम्बिसा गुरुङ रहेकी छन् ।

    घाइते हुनेमा उनका श्रीमान् ३५ वर्षीय मीनराज र छोरी ९ वर्षीया खुस्बु रहेकी छन् ।

    कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३२ प ८२४८ नंको मोटरसाइकललाई जलबिरेमा ठक्कर दिएको थियो ।

    अम्बिसाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology