Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी ट्वान्टी वरियतामा नेपालको स्थान खस्कियो

टी ट्वान्टी वरियतामा नेपालको स्थान खस्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १०:१५:०८ बजे
  • 820
    SHARES
  • टी ट्वान्टी वरियतामा नेपालको स्थान खस्कियो

    आईसीसीको टी–ट्वान्टी क्रिकेटको वरीयतामा नेपालको स्थान खस्किएको छ ।

    images

    आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान तल झरेको छ । जस अनुसार नेपाल अहिले वरियताको १३औं स्थानमा आइपुगेको छ । यस अघि नेपाल १२औं स्थानमा रहेको थियो ।

    सोमबार ओमानमा सम्पन्न चारदेशीय टी–ट्वान्टी सिरिजको तीन खेलमध्ये नेपालले दुई खेलमा पराजित भएको थियो । सिरिज जितेको युएई भने १२औं स्थानमा उक्लिएको छ ।

    वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ । चारदेशीय सिरिजमा सहभागी आयरल्यान्ड १५औं तथा ओमान १८औं स्थानमा रहेका छन् ।

    एकदिवसियमा भने नेपाल १६औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # टी ट्वान्टी वरियता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology