Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिए पछि......

झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिए पछि......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १२:१४:२८ बजे
  • 2.0K
    SHARES
  • झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिए पछि......

    धरान उपमहानरपालिका–४ भेडेटार जाने सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र एक पुरुषको टाउको र खुट्टा फेला परेको छ ।

    images

    प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार साँझ जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो ।

    जंगलमा दाउरा खोज्न गएका सथानीयले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनास्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला पारेको संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । टाउको पुरुषको भए पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    टाउको र खुट्टा झोलामा भेटिएको भए पनि शवको जिउ भने भेटिएको छैन ।

    हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology