Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ

ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १९:२८:०९ बजे
  • 763
    SHARES
  • ठूलो परिमाणको गाँजासहित ३ जना पक्राउ

    उदयपुर प्रहरीले बेलका नगरपालिका ८ सिरुवानीबाट ठूलो परिमाणको गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई वडा नं ७ का २९ वर्षीय मनोज राई र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १ का २३ वर्षीय मनिष धामी रहेका छन ।

    बरामद गाँजाको तौल ४ सय केजी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिनु भएको छ । को १ ज २७६१ नम्बरको पिकअपमा निलो त्रिपालले छोपेर १६ बोरा गाँजा लिएर हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको हो ।

    प्रतीबन्धीत गाँजा ओसारपसारमा संग्लन पिकअप चालक गोकुल राई स्वयम सवारी धनी रहेको बोहोराले बताए । प्रक्राउ परेका उनिहरुको साथ बाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाका साथै सामसुङ्ग कम्पनीको १ थान, रेडमी कम्पनीको २ थान र नोकिया कम्पनीको १ थान गरी ४ थान मोवायल समेत बरामद गरेको छ ।

    गाडीसहित फेला परेका तीनै जना अभियुक्त विरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology