आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्ने भएको छ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने खेल आज बिहान ११ः४५ बजेबाट सुरु हुने छ ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा ओमानलाइ हराएकाले आज तुलानात्मक रुपमा कमजोर टिम फिलिपिन्सलाइ पनि हराउने लक्ष्यका साथ मैदान उत्रने तयारी गरेको छ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ओमानलाइ ३९ रनले पराजित गरेको थियो । १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रन मात्रै जोड्न सकेको थियो । त्यसैगरी नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध माघ ९ गते खेल्ने तालिका रहेको छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । आज नेपालले जितेको खण्डमा तथा क्यानाडाले पनि ओमानलाइ हराउन सकेको खण्डमा एक खेल अगाबै नेपाल सेमिफाइनल प्रवेश गर्ने छ । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।