Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक

टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १३:४१:५४ बजे
  • 2.2K
    SHARES
  • टी-२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक

    आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय पारीको मद्धतमा ३ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।

    images

    भुर्तेल १०४ रनमा अविजित रहे । ६१ बलको सामना गरेका भुर्तेलले १३ चौका र एक छक्काको मद्धतमा १०४ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ छक्का र ६ चौकाको मद्धतमा ८३ रनमा आउट भए ।

    खराब सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेख शून्य रनमा आउट भए । यस्तै, लोकेश बमले नटआउट ६ रन बनाए ।

    कुशल भुर्तेलको शतक


    नेपालका ब्याटर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् ।

    टी–२० क्रिकेटमा यसअघि नेपालका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै शतक प्रहार गरेका थिए । भुर्तेलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् ।

    ६१ बलको सामना गरेका भुर्तेलले १३ चौका र एक छक्काको मद्धतमा १०४ रनको पारी खेलेका थिए ।

  • सम्बन्धित विषय:

  • # कुशलले बनाए शतक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology