Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली मह बिक्री गर्ने एकजना पक्राउ

नक्कली मह बिक्री गर्ने एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १४:४४:५९ बजे
  • 877
    SHARES
  • नक्कली मह बिक्री गर्ने एकजना पक्राउ

    खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

    स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई महजस्तो देखिने ५ किलो पदार्थसहित शनिबार पक्राउ गरेको हो ।

    बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको हो । बालकसँगै रहेका अर्का एक भने फरार भएका छन् ।

    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाका बजारमा यस अघिदेखि नै नक्कली मह बिक्री हुने गरेको जनगुनासो छ । तराईबाट आउने व्यवसायीले प्रतिबोटल साँढे सात सयका दरले मह बिक्री गर्ने गरेका छन् ।

    खरिद गरेर राखेको मह केही समयपछि डल्लो पर्ने र सड्ने गरेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।

  • सम्बन्धित विषय:

  • # नक्कली मह बिक्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology