Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

को हुन् मृतक महिला र बेवारिसे दुई बच्चा ? प्रहरी भन्छ– महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

को हुन् मृतक महिला र बेवारिसे दुई बच्चा ? प्रहरी भन्छ– महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • १४:४९:२४ बजे
  • 766
    SHARES
  • को हुन् मृतक महिला र बेवारिसे दुई बच्चा ? प्रहरी भन्छ– महिला र बच्चाहरूबीच सम्बन्ध हुनसक्छ

    गत मंगलवार बेलुका महोत्तरीको गौशाला–११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा दुई बालबालिका फेला परे । अन्दाजी चार बर्ष र दुई बर्षका बालक भेटिएपछि स्थानीयले उनीहरूको फोटो खिचे र सामाजिक सञ्जालमा राखे ।

    images

    केही बेरमै फोटो भाइरल पनि बनाए । तर, राति अबेरसम्म कोही पनि बालबालिका दाबी गर्न नआएपछि गौशालामा निक्कै खैलाबैला भयो । राम्रोसँग बोल्न नसक्ने यी बालबालिका को हुन् र किन छोडियो भन्ने विषयले निक्कै चर्चा पाउँदै गयो । उनीहरू वेवारिसे बनिसकेपछि गौशाला कै दिनेश महतोले आश्रय दिए । र, प्रहरीलाई खबर गरे ।

    बाबुआमाको नाम र ठेगाना बताउन नसक्ने उनीहरूलाई एक महिलाले छाडेर गएको र फर्केर नआएको पसल चलाउँदै आएका दिलबहादुर बताउँछन् । ‘ महिलाको मुख पछ्यौराले छोपेको थियो ।

    केही समयमा फर्केर आउँलिन भने लाग्यो तर आइनन् ।’ उनले भने । प्रहरीले बच्चालाई बेवारिसे बनाएर छाडेर हिड्ने अभिभावकको खोजी गरिरहेको बेला बुधवार अर्को दुःखद घटना भयो । सागरनाथ जंगलभित्र दिउँसो एक महिलाको शव फोला पर्यो । अहिले यहाँ तिनै बालक र मृतक महिलालाई जोडेर अनेक अड्कलबाजी हुन थालेको छ ।

    गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार जाने बाटोमा रेलवे लिकभन्दा पाँच सय मिटर अगाडि पहिचान खुल्न नसकेकी महिला मृत अवस्थामा भेटिएपछि बच्चा र महिलाबीच कुनै सम्बन्ध हुन सक्ने प्रहरीले समेत आकलन गरेको छ । प्रहरीको पारम्भिक अनुसन्धानले महिलाको आत्महत्या भन्दा पनि हत्या भएको हुन सक्ने आशंका छ ।

    गर्भवती ती महिलाको घाटीमा निलडाम समेत देखिनुले आत्महत्याभन्दा पनि हत्या नै भएको हुनसक्ने प्रहरीको आकलन छ । ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यही हो भनेर भन्न सकिएला तर प्रहरीले अनुसन्धानलाई भने फराकिलो बनाएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले भने ।

    बच्चा वेवारिसे अवस्थामा भेटिनु र महिला मृत अवस्थामा भेटिनुलाई यी घटना सम्बन्धित हुनसक्ने अनुमानसहित प्रहरीले घटनालाई एकसाथ अनुसन्धान अगाडि बढाएको छ । बच्चाहरुलाई मृतक महिलाको फोटो देखाउँदा ममी भनेको पनि प्रवक्ता विष्टको भनाइ छ । साना बच्चाहरूले ममी भने पनि यसैलाई पुष्ट्याइ गर्न नसकिने प्रहरीको ठहर छ ।

    घटनाका सम्बन्धमा प्रहरीको शंकाको घेरामा रहेका केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान समेत भैइरहेको प्रहरीको भनाइ छ । घटना भएको तीन दिन बितिसक्दा पनि न मृतक महिलाको न सनाखत हुन सकेको छ न त बच्चाहरूको पहिचान नै ।

    बच्चाहरूलाई आश्रय दिइरहेका दिनेश महतोको अनुसार उनीहरूले बुबाको नाम अजय बताइरहेका छन् । बच्चाहरू न घर ठम्याउन सक्छन् न त प्रष्ट बोल्न नै । उनीहरूलाई आधार बनाएर अनुसन्धान गर्न नसकिने स्थानीयको भनाइ छ ।

    मृतक महिलाको फोटो देखाउँदा उनीहरूले मम्मी भनेको हुनाले बेवारिसे अवस्थामा छाडेका दुवै बच्चाको आमा मृतक महिला हुन सक्ने कतिपयको अनुमान छ । मृतक महिलाको शवलाई अहिले जलेश्वर अस्पतालमा पोष्मार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # को हुन् मृतक महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology