Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप २६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

थप २६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • १९:२३:४० बजे
  • 1.1K
    SHARES
  • थप २६२ जनामा कोरोना पुष्टि, ४ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ ।

    सोही अवधिमा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १२ हजार २४४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८१५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख १८ हजार ७७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology