Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झोलामा भेटिएको शवको अझै खुलेन पहिचान

झोलामा भेटिएको शवको अझै खुलेन पहिचान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • १४:५१:०९ बजे
  • 3.5K
    SHARES
  • झोलामा भेटिएको शवको अझै खुलेन पहिचान

    गत बुधबार धरान उपमहानरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा छुट्टछुट्टै जेब्रा झोलामा शव भेटिएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन ।

    images

    टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शवको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भए पनि ६ दिन बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    डिएसपी कुँवरका अनुसार मृतक को हुन् भनेर सनाखत हुन नसकेपछि स्केच बनाएर सार्वजनिक गरिको हो । यो स्केच अपराध महाशाखाबाट तयार गरिएको पनि उनले जानकारी दिए ।

    डिएसपी कुँवरले भने,“मृतक को हुन् भनेर सनाखत हुन सकेन । कोही आफन्तजन पनि सम्पर्कमा आएको छैन । त्यसैले ब्युरोबाट स्केच बनाएर सार्वजनिक गरी ७ वटै प्रदेशका प्रहरी कार्यालयहरुमा पहिचानका लागि हुलियासहितको सूचना र स्केच जारी गरिएको छ ।”

    फागुन ४ गते साँझ पौने धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो ।

    त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरुषको टाउको र दाहिने खुट्ट फेला परेको थियो । जंगलमा घास काट्ना गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

    त्यसको भोलिपल्ट (बिहीबार) बिहान प्रहरीले फेरि अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थानभन्दा करिब १ किलोमिटर माथि जंगलामा फेला पारेको थियो ।

    शरीरीका पूर्ण भाग फेला परे पनि ती पुरुषको सनाखत हुन सकेको छैन । सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ । संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # झोलामा भेटिएको शव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology