Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

अस्पतालका एक डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

अस्पतालका एक डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • १६:१२:१९ बजे
  • 1.5K
    SHARES
  • अस्पतालका एक डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

    भेरी अस्पतालका एक डाक्टरसहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भेरी अस्पतालका फिजिसियन डाक्टरसहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    images

    श्रेष्ठका अनुसार भेरी अस्पतालका एक डाक्टर, एभरेस्ट बैंकका दुई कर्मचारी, वडा प्रहरी कार्यालयका एक प्रहरी सहित बाँकेका ९ र बर्दियाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले आफ्नो फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन ।

    पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ४ सय स्वाबको नमुना मध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology