Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज यूएईलाई जिते नेपाल टी–२० क्रिकेटको विश्वकपमा

आज यूएईलाई जिते नेपाल टी–२० क्रिकेटको विश्वकपमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७८ मंगलवार • ०८:४८:१० बजे
  • 844
    SHARES
  • आज यूएईलाई जिते नेपाल टी–२० क्रिकेटको विश्वकपमा

    आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा आज सयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध मैदान उत्रँदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्यमा हुनेछ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ ।

    यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो । नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।

    नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो ।

    समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी( २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

    यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमशस् ४ विकेट र १४ रनले पराजित गरेको थियो ।

    यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो । कप्तान सन्दीप दुबै टोली एक अर्काबिरुद्द जानकार रहेको र यूएईबिरुद्द खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् । फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology