Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झोलामा भेटिएको शवको पहिचान, २ जना आरोपी पक्राउ

झोलामा भेटिएको शवको पहिचान, २ जना आरोपी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७८ मंगलवार • १२:०८:४८ बजे
  • 871
    SHARES
  • झोलामा भेटिएको शवको पहिचान, २ जना आरोपी पक्राउ

    गत बुधबार सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलामा फेला परेको शवको सनाखत भएको छ ।

    images

    टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शव लामाे समय दिन बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वजनिक गरेको थियो ।

    स्केच बनेपछि फेला परेको शवको सनाखत भएको हो । सनाखत मात्रै हैन प्रहरीले हत्यामा संलग्न २ जनालाई पक्राउसमेत गरिसकेको छ ।

    घटनामा संलग्न दुई जनालाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक भने गरेको छैन । घटनाबारे विस्तृत जानकारी दिन इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

    गएको बुधबार र बिहीबार धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो ।

    त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरुषको टाउको र दाहिने खुट्ट फेला परेको थियो । जंगलमा घास काट्ना गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

    उक्त घटनामा संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # २ जना आरोपी पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology