Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ४७६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

थप ४७६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७८ मंगलवार • १८:५३:२७ बजे
  • 964
    SHARES
  • थप ४७६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ६ हजार ६०४ पिसिआर परीक्षणका क्रममा २९९ जना र २ हजार ८२० एन्टिजेन परीक्षणका क्रममा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९२८ जनाको मृत्यु भएको छ ।

    मंगलबार थप ८३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५३ हजार ४३० जना निको भएका छन् ।

    हाल नेपालमा १० हजार ७४७ सक्रिय संक्रमित आइसोलेसन र १०७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology