Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज तपाईंको राशिफल

आज तपाईंको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • ०८:५०:१९ बजे
  • 829
    SHARES
  • आज तपाईंको राशिफल

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    कामका प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईंले गर्नुभएको कामको सम्मान हुनेछ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    तपाईंका लागि आजको दिन त्यति अनुकुल छैन । मानसिक चिन्ता, असन्तुष्ठी रहन सक्छ । यात्राको लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । यदी यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकुल हुनसक्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताले तपाईमा एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार ब्यबसाय र कामबाट तपाईलाई सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)
    दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    तपाईंको मनमा खुसी छाउनसक्छ । तपाईको चाहना र इच्छाअनुसार काम हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहानैं सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन कसैलाई पनि अपमान हुने काम र कुरा नगर्नुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत तपाईंको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
    तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन तपाईको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार ब्यबसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
    व्यापारमा काम गर्नुहुने मीन राशिका जातको लागि दिन उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ ।

  • सम्बन्धित विषय:

  • # आज तपाईंको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology