Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ३८ जना ठग्ने मिना चौधरी पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ३८ जना ठग्ने मिना चौधरी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • ०८:५६:०३ बजे
  • 982
    SHARES
  • वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ३८ जना ठग्ने मिना चौधरी पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ जनालाई ठगेको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    images

    ३८ जना व्यक्तिसँग ४५ लाख ७५ हजार रुपैयाँ ठगेको आरोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मिना चौधरी सोमबार पक्राउ परेकी हुन् ।

    आरोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

    ‘वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ । मेरो चिनजानका तथा आफन्त मार्फत भिसा मगाइ कम रकममा नै विदेश पठाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई ठगेको भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं’, उनले भने ।

    आरोपितविरुद्ध चितवन जिल्ला अदालतमा ठगी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology