Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप सात दिन

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप सात दिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • १९:२२:२९ बजे
  • 1.3K
    SHARES
  • काठमाडौं  उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप सात दिन

    राजधानीमा भोलिसम्मका लागि लगाइएको निषेधाज्ञा अरु सात दिन थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो । बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णयको सिफारिस गृह मन्त्रालयमा पठाएको छ ।

    images
    उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ ।

    उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायण भट्टसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू उक्त बैठकमा सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology