Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीप लामिछानेको वरीयतामा १६ स्थान सुधार

सन्दीप लामिछानेको वरीयतामा १६ स्थान सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १८:५७:१० बजे
  • 1.2K
    SHARES
  • सन्दीप लामिछानेको वरीयतामा १६ स्थान सुधार

    आइसीसी टी–२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् ।

    images

    आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप ठुलो छलाङ मार्दै वरीयताको ४३औँ स्थानमा उक्लिए । यसअघि उनी ५९औँ स्थानमा थिए ।

    यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औँ स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औँ स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।

    टी–२० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो ।

    यद्यपि छनोटको सेमिफाइनलमा युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन । वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत छन् ।

    यस्तै, दोस्रो स्थानमा अष्ट्रेलियाका जस हेजलवूड र तेस्रो स्थानमा इंग्ल्यान्डका आदिल राशिद पनि यथावत् छन् ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology