Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३१२ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

थप ३१२ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १९:०२:५५ बजे
  • 1.0K
    SHARES
  • थप ३१२ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ५ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ । सोही अवधिमा १ लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमितहरुका रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology