Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन मेडिकल चेकअप

पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन मेडिकल चेकअप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १९:०४:०७ बजे
  • 1.5K
    SHARES
  • पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन मेडिकल चेकअप

    अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् ।

    images

     ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।

    एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ ।

    उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

    बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै प्हरीले अभिनेता शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान थालिएको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology