Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तेस्रो स्थानका लागि ओमानसँग नेपालको प्रतिस्पर्धा

तेस्रो स्थानका लागि ओमानसँग नेपालको प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • ०९:१४:२५ बजे
  • 1.7K
    SHARES
  • तेस्रो स्थानका लागि ओमानसँग नेपालको प्रतिस्पर्धा

    आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत आज तेस्रो स्थानका लागि नेपालले ओमानको सामना गर्दैछ । ओमानको अल अमेरात मैदानमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

    images

    नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

    मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो ।

    जसका कारण नेपालको विश्वकप सपना समाप्त भएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

    छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भैसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology