Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७८ बिहिवार • १०:१८:३२ बजे
  • 808
    SHARES
  • दोषी प्रमाणित भए सजाय भोग्न तयार छु :  पल शाह

    अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षणयन्त्र भएको भन्दै दोषी ठहरिए कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्। यद्यपी प्रहरीबाट उनी भागिरहेका छन्। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ। 

    images

    उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी छन्। अभिनेता शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप उनले लगाएकी छन्। शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ।

    १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। 

    तर कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएपछि बीचैमा पलले गायिकालाई फकाईफुल्याई गर्ने मौका पाएको देखिन्छ। यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ।

    उक्त अडिओमा पलले आफूहरूबीच शारीरिक सम्बन्ध भएको स्विकारेका छन्। कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारीरिक सम्बन्ध बलात्कार हो। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार ती गायिका झन्डै एक महिनाअघि परिवारसहित पलविरूद्ध उजुरी गर्न आएकी थिइन्।

    प्रहरीले त्यतिबेला सबैकुरा सुनेर\बुझेर जाहेरी पनि तयार गरिसकेको थियो। तर घटना तनहुँ जिल्लामा भएकाले आफ्नो क्षेत्राधिकार नपर्ने भन्दै उतै पठायो। यसैबीच जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।

    ‘उजुरी आएपछि हामीले थप अनुसन्धान थालेका छौं,’ खड्काले भने, ‘पल शाहको खोज-तलास सुरू गरिसकेका छौं, फेला पर्नेबित्तिकै पक्राउ गर्छौं।’ तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए।

    उजुरी आएपछि अनुसन्धानका क्रममा पक्राउ गर्नुपर्ने भन्दै उनले भने, ‘पक्राउ पनि अनुसन्धानकै पाटो हो, सँगसँगै जान्छ।’ शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ। गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्।

    तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ। गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए।

    त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ। शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

    बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

    पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ। यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक-पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्।

    गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ। नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।

  • सम्बन्धित विषय:

  • # सजाय भोग्न तयार छु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology