नेपालले ओमानमाथि शानदार जित हात पारेको छ ।
विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपाल प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा ओमानमाथि ९ विकेटको जित हात पारेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाएका हुन् । आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगावै ओमानले दिएको ८८ रनको लक्ष्य भेट्टाएको हो ।
यसक्रममा नेपालले १६.२ ओभर खेल्दै ९० रन बनायो । नेपालका ओपनर आरिफ शेख १८ बलमा १६ रन बनाउँदै आउट भएका थिए । आजको जितसहित नेपालले ओमानमाथि पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।