एजेन्सी । चीनले पछिल्लो एक महिनादेखि कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गरिरहेको खुलासा भएको छ । वासिङ्टन पोष्टले चीनले क्लिनिकल परीक्षण नसकिए पनि एक महिनादेखि नै कोरोना भाइरसविरुद्धको खोपको सार्वजनिक प्रयोग गरिरहेको जनाएको छ ।
चीनले जुलाईको अन्तिमदेखि अति जोखिममा रहेका मानिसहरुमा निर्माणको क्रममा रहेको खोपको प्रयोग शुरु गरेको थियो । चीनको दावी अनुसार रुसले आधिकारीक दावी गर्नुभन्दा तीन हप्ता पूर्व नै चीनले कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याएको थियो ।
चिनियाँ वरिष्ठ अधिकारीहरुले जुलाईको अन्तिमबाट नै केही स्वास्थ्यकर्मी र राष्ट्रिय कम्पनीका कर्मचारीहरुलाई खोप दिइएको उल्लेख गरेका छन् । चीनले आपतकालीन प्रयोगको प्रोटोकल अन्तर्गत खोप दिएको जनाएको छ ।
एक महिनाभित्रमा कुनै साइड इफेक्ट देखिएको खण्डमा यसको प्रयोगमा रोक लगाउने तयारीका साथमा यो खोपको प्रयोग शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ खोपका ४ आधार
जुलाई २२ का दिन आधिकारिकरुपमा भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि लन्च गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यो भ्याक्सिन पेरू, मोरोक्को र अर्जेन्टिनामा परीक्षण थालिएको छ ।
संसारका विभिन्न देशका अन्तिम चरणमा पुगेका कोरोनाविरुद्धका भ्याक्सिनमा चीनका तीनवटा भ्याक्सिन सबैभन्दा अगाडि छन् । विश्व बजारमा चिनियाँ कम्पनीका भ्याक्सिन नै पहिलो पटक प्रयोगमा आउने सम्भावना बढेर गएको छ ।