Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत

एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७८ शनिवार • १२:३४:११ बजे
  • 1.1K
    SHARES
  • एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरे दुई लाख १३ हजारभन्दा बढीले आवतजावत

    कोरोना महामारीबीच काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।

    images

    अध्यागमन विभागका अनुसार टिआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।

    विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् । सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।

    विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।

    जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।

    गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआइएबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology