Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाह आफै पुगे प्रहरी कार्यालय

पल शाह आफै पुगे प्रहरी कार्यालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • १३:२६:३८ बजे
  • 1.5K
    SHARES
  • पल शाह आफै पुगे प्रहरी कार्यालय

    अभिनेता पल शाहले आत्मसमर्पण गर्दै प्रहरी कार्यालय पुगेका छन् । शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

    images

    आइतबार बिहानै फेसबुक स्टाटस लेख्दै शाहले शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

    उनले फेसबुकमा लेखेका थिए– ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।

    नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

  • सम्बन्धित विषय:

  • # पल शाह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology