Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • १६:५५:३२ बजे
  • 1.0K
    SHARES
  • पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

    अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो ।

    images

    यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ । २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

    उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​ यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो ।

    पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् ।

    गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो ।

    मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

    मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।

    गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । उजुरी परेपछि शाह फरार रहँदै आएकामा आज उनी आफै तनहुँ पुगेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

    प्रहरीमा उपस्थित हुनुअघि उनले स्वास्थ्य समस्या र घरायसी व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीमा उपस्थित हुन ढिलाइ भएको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology