Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप,कर्मचारीका लागि हिँडडुल बिहान ९ बजेदेखि १०:३० बजेसम्म

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप,कर्मचारीका लागि हिँडडुल बिहान ९ बजेदेखि १०:३० बजेसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०७७ बुधवार • १२:५४:२१ बजे
  • 901
    SHARES
  • काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप,कर्मचारीका लागि हिँडडुल बिहान ९ बजेदेखि १०:३० बजेसम्म

    काठमाडौंमा जारी लकडाउन थप एकहप्ता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

    images
    बैठकमा प्रजिअ, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुखहरु र जनस्वास्थ्य कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो । भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा आज रातिदेखि सकिदै थियो ।

    बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै एक हप्ता निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । बैठकले केही मापदण्डलाई पनि परिमार्जन गरेको छ ।

    नियमित कार्यालय जानुपर्ने कर्मचारी हिँडडुलका लागि बिहान ९ बजेदेखि १०:३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म आवतजावत गर्नुपर्ने नियम बनाइएको छ । त्यसरी आउजाउ गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ ।

    औषधि, खाद्यान्न र अत्यावश्यकीय बस्तु खरिदका लागि निश्चित समयमा बाहिर निस्कन पाइने र हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ ।

    सवारी साधनको सञ्चालन पनि अन्यावश्यक अन्तरगत सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकलाई रोक लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology