Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

संसद् भवन अगाडि शंकास्पद वस्तु राखेको अभियोगमा एकजना पक्राउ

संसद् भवन अगाडि शंकास्पद वस्तु राखेको अभियोगमा एकजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • १४:२७:५७ बजे
  • 487
    SHARES
  • संसद् भवन अगाडि शंकास्पद वस्तु राखेको अभियोगमा एकजना पक्राउ

    संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि बम राखेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेटमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

    नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

    अनेरास्ववियू क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अभियोगमा एकजना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology