Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:४४:०२ बजे
  • 874
    SHARES
  • राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा

    संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए ।

    images

    विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

    राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् ।

    यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

    राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology