Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोषी नठहरी कलाकारलाई हतकडी लगानु आपत्तिजन : अभिनेत्री पूजा शर्मा

दोषी नठहरी कलाकारलाई हतकडी लगानु आपत्तिजन : अभिनेत्री पूजा शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:५१:४० बजे
  • 1.4K
    SHARES
  • दोषी नठहरी कलाकारलाई हतकडी लगानु आपत्तिजन : अभिनेत्री पूजा शर्मा

    अभिनेत्री पूजा शर्माले नेपालमा कलाकारको सम्मान नै भएको बताएकी छन् । नाबालिकालाई करणी गरेको अभियोगमा अभिनेता पल शाहा (पूर्णविक्रम शाहा)बारे बोल्दै अभिनेत्री शर्माले नेपालमा कलाकारको भ्यालु नबुझेको बताएकी हुन् ।

    images

    दोषी नठहरी कलाकारलाई हतकडी लगानु पनि आपत्तिजन भएको उनको भनाइ छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले भनेकी छन्- ‘कलाकारको भ्यालु किन बुझेनौं है ।

    जब पललाई लग्यो नि, उ दोषी हो कि होइन भन्ने नठहरी कलाकारलाई यसरी हतकडी लगाएको मलाई सबभन्दा मन नपरेको कुरा हाे । उ दोषी ठहरिएपछि त हतकडी लगाउ जे गर ।

    यहाँ कलाकारलाई सम्मान भन्ने चिज नै छैन ।’ कलाकारको सम्मान नगरेकै कारण देश पछि गएको पनि अभिनेत्री शर्माले बताएकी छन् । उनले भनेकी छन्- ‘यहाँ कलाकारलाई जे भन्दा पनि भयो ।

    त्यही भएर देश यतिकै पछि गएको हैन भन्ने चाहिँ मलाई लाग्छ ।’ १७ वर्षीया गायीकाले पलले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।

    उक्त जाहेरी परेको चार दिनसम्म लुकेर बसेका पलले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् ।

    प्रहरी हिरासतमा भएका पलको बचाउमा केही चलचित्रकर्मी र सोसल मिडियामा हरेक विषयमा विज्ञता प्रकट गर्नेहरू लागिरहेका छन्  । प्रहरी कार्यालयअगाडि नै भीड जम्मा गर्ने, युट्युबमा अन्तर्वार्ता दिने, बालिकाको चरित्र हत्या गर्ने प्रवृत्ति हाबी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री पूजा शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology