Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाली युवाहरु इजरायल उड्न पाएनन्

नेपाली युवाहरु इजरायल उड्न पाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • ०९:५५:२१ बजे
  • 1.0K
    SHARES
  • नेपाली युवाहरु इजरायल उड्न पाएनन्

    नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारले ढिलाइ गरेको छ ।

    images

    पछिल्लो समय ओमिक्रोनको जोखिम बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका नेपाली युवाको उडान अनुमतिमा ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

    उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध्ये हालसम्म एक हजार आठ युवाको दोहोरो श्रम सम्झौता सम्पन्न भएको छ ।

    दोहोरो श्रम सम्मझौता भएका मध्ये छ सयभन्दा बढी युवा इजरायल जाने प्रतीक्षामा रहेका छन् भने करिब चार सय युवा इजरायल पुगिसकेका छन् ।

    विभागका महानिर्देशक पौडेलले इजरायलमा रोजगारका लागि छनोट भएका श्रमिकको भिसा प्रक्रियाका लागि श्रमिकको विवरण इजरायलको जनसङ्ख्या तथा अध्यागमन कार्यालय र नेपालस्थित इजरायली दूतावास पठाउने र त्यहाँबाट भिसा प्रक्रियाको काम भइरहेको बताए ।

    उनका अनुसार हाल इजरायलमा त्यहाँका श्रमिकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका कारण उडान केही ढिलाइ भएको छ । इजरायलको रोजगारीमा नेपाल पक्षबाट भने सबै काम निरन्तर भइरहेको महानिर्देशक पौडेलको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल उड्न पाएनन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology