Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७८ बिहिवार • १७:५४:२१ बजे
  • 1.2K
    SHARES
  • पोखरामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

    पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।

    उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका–१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आरोपमा २ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology