Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८ राउण्ड हवाई फायर,गरेपछि व्यवस्थापन भयो कोरोना संक्रमितको शव

८ राउण्ड हवाई फायर,गरेपछि व्यवस्थापन भयो कोरोना संक्रमितको शव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • १५:४८:१६ बजे
  • 1.3K
    SHARES
  • ८ राउण्ड हवाई फायर,गरेपछि व्यवस्थापन भयो कोरोना संक्रमितको शव

    पोखरा-पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
    ८ राउण्ड हवाई फायर र ८ जना प्रक्राउ परेपछि बल्लतल्ल पोखरामा कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन भएको छ ।

    images

    पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।


    शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँदै प्रहरी स्थानीय बासिन्दाबीच झडप भएको हो ।

    झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय बासिन्‍दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । ‘सुरुदेखि नै अवरोध सिर्जना भइरहेको थियो । पछि सद्गद् गरेर फर्किनेबेला स्थिति असामान्य बन्न पुगेको हो ।

    यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सिमानामा व्यवस्थापन गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology